कतारविरुद्ध ब्याटिङ गर्दै नेपाल, पारस र ज्ञानेन्द्र दिलाए राम्रो सुरुवात

सिंगापुरमा जारी आईसिसी टि–२० विश्वकपको एसिया छनोटको पहिलो खेलमा अहिले नेपालले कतारसँग प्रतिस्पर्धा गरिरहेको छ । सिंगापुरस्थित इन्डियन एसोसिएशन मैदानमा जारी खेलमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ ।

पहिला ब्याटिङ गरिरहेको नेपालले उत्कृष्ट सुरुवात गरेको छ । नेपालका लागि पहिलो पटक कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ओपनिङ गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका हुन् । उनीहरुले ५.६ ओभरमा ४९ रनको साझेदारी गर्दै नेपालई उत्कृष्ट सुरुवात दिलाएका हुन् ।

अहिलेको ताजा अवस्थामा नेपाल ८ ओभरमा १ विकेट गुमाउँदै ५५ रन बनाएर खेलिरहेको छ । विस्फोटक ब्याटिङ गरेका कप्तान पारस १७ बलमा २८ रन बनाएर इमाम उल हकको बलमा क्याच आउट भए । अहिले क्रिजमा ज्ञानेन्द्र र शरद भेषावकर छन् । ज्ञानेन्द्र २४ बलमा २३ रन बनाएर खेलिरहेका छन् ।

नेपाली टीम : पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, दीपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, अभिनाष बोहरा, सन्दीप लामिछाने, ललितनारायण राजवंशी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *