सेन्ट क्रससँग भिड्दै नेपाल

नेदरल्यन्ड्स र मेरिलिबोन क्रिकेट क्लब (एमसीसी)सँग त्रिकोणात्मक टि–२० सिरिज खेल्न इंग्ल्यान्ड भ्रमणमा रहेको नेपालले आज इंग्ल्यान्डको स्थानीय क्लब सेन्ट क्रस क्रिकेटसँग अभ्यास खेल खेल्दै छ ।

इंग्लिस प्रिमियर डिभिजन खेलिरहेको सेन्ट क्रससँगको नेपालले टि–२० खेल खेल्ने छ । खेल नेपाली सयमअनुसार पौने ९ बजे सुरु हुनेछ ।

इंग्ल्यान्ड भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीको यो दोस्रो अभ्यास खेल हो । यसअघि शनिबार भएको पहिलो अभ्यास खेलमा नेपालले हेयाम्पसायर होग्स क्रिकेट क्लबलाई २ सय ४३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । त्रिकोणात्मक सिरिज भने आगामी शनिबार लर्डसमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *