वर्षाका कारण नेपाल र सिंगापुरबीचको खेल रद्द, नेपालको उपाधि सम्भावना सकियो

सिंगापुरमा जारी त्रिकोणात्मक टि–२० सिरिजअन्र्तगत बुधबार बेलुका हुने भनिएको नेपाल र सिंगापुरबीचको खेल वर्षाका कारण रद्द भएको छ । सिंगापुरस्थित इन्डियन एसोसिएसन मैदानमा आज बेलुकी ५ः१५ बजे सुरु हुने भनिएको खेल भारी वर्षा भएपछि टस नै भइ रद्द भयो ।

खेल रद्द भएसँगै नेपाल उपाधि होडबाट बाहिरएको छ । डलब राउन्ड रोबिन लिगमा भइरहेको सिरिजमा नेपालले ४ मध्ये १ खेलमा मात्र जित हात निकालेको छ । बिहीबार हुने जिम्बाबे र सिंगापुरबीचको अन्तिम खेलको उपाधि विजेताको टुंगो लाग्ने छ ।

अन्तिम खेलमा जिम्बाबे र सिंगापुरमा जसले जित्छ, उसले उपाधि जित्ने छ । ३ खेलमा २ जित निकालेको जिम्बाबेको ४ अंक छ भने नेपाल र सिंगापुरको समान ३ अंक छ ।

नेपालले जिम्बाबेसँगका दुवै खेल गुमाएको थियो । पहिलो खेलमा नेपाल जिम्बाबेसँग ५ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले सिंगापुरलाई ९ विकेटले पारजित गरेको थियो । तेस्रो खेलमा नेपाल जिम्बाबेसँग ४० रनले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *