टि–२० विश्वकप छनोटको महत्वपूर्ण खेलमा नेपालले युएईविरुद्ध तेस्रो सफलता हात पारेको छ।

मुलापनी क्रिकेट मैदानमा जारी छनोटको समेमिफाइनलमा युएईविरुद्ध नेपाललाई सन्दीप लामिछानेले तेस्रो सफलता दिलाए। उनले दशौं ओभरको अन्तिम बलमा आसिफ खानलाई एलबिडब्लु आउट गरे।

टस जितेर पहिला ब्याटिङ गरेको युएईले ताजा अवस्थामा ११ओभरको समाप्तिमा ७५ रन बनाउँदा ३ विकेट गुमाएको छ। उसका मुहम्मद वासिम र वृत्य अरविन्दले समान २६ रन बनाए।

त्यसअघि नेपालले चौथो ओभरमा २ विकेट लिएको थियो। सो ओभरको पहिलो बलमा सोमपालले आफ्नै बलमा खालिद साहलाई रनआउट गरेका थिए भने चौथो बलमा मुहम्मद वासिमलाई क्याच आउट गरेका थिए।

आजको खेल जिते नेपाल सन् २०१४ पछि पहिलो पटक टि–२० विश्वकपमा पुग्ने छ।

Back To Top