नेपालले जित्यो जिम्बाबेविरुद्धको एकदिवसीय सिरिज

Read Time:3 Minute

तेस्रो तथा निर्णायक खेल ६ विकेटले जितेपछि जिम्बावे ‘ए’विरुद्धको एकदिवसीय शृंखला नेपालले २–१ ले आफ्नो पक्षमा पारेको छ । पहिलोपल्ट टेष्ट राष्ट्रको ‘ए’ टिमसँग खेलेको नेपालले पहिलो शृंखलामै ऐतिहासिक विजय पाएको छ ।

सोमबार जिम्बावे ‘ए’ले दिएको २१४ रनको लक्ष्य नेपालले ३०।१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालका लागि ओपनर कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय योगदान गरे । कुशलले आशिफ शेखसँग मिलेर पहिलो विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए । दीपेन्द्रले विनोद भण्डारीसँग मिलेर पाँचौं विकेटका लागि ८४ रनको अविजित साझेदारी गरेपछि नेपालले सहज विजयको लय लिएको हो ।

कुशलले ६१ बलमा ७ चौका र ६ छक्कासहित ८४ रनको शानदार पारी खेले । अर्का ओपनर आशिफले २९ रन जोडे । १२।१ ओभरमा आशिफ आउट भएपछि आएका सुनील धमलाले ६ रनमात्र बनाउन सके ।

२१औं ओभरमा नेपालले लगातार बलमा दुई विकेट गुमाउँदा दवावमा परेको थियो । जिम्बावे ‘ए’बा ब्रेण्डन माभुताले २०।३ ओभरमा कुशललाई क्याचआउट गराए । अर्को बलमा नयाँ ब्याटर रोहितकुमार पौडेललाई एलबीडब्यू धरापमा पारे ।

त्यसपछि क्रिजमा आएका विनोद भण्डारीसँग मिलेर दीपेन्द्रले शानदार अविजित साझेदारी गरे । दीपेन्द्रले ४३ बलमा ४ चौका र ३ छक्का सहयोगमा अविजित ६० रन बनाए । विनोदले २६ बलमा ३ चौकासहित अविजित २८ रन बनाएर दीपेन्द्रलाई साथ दिए।

बलिङतर्फ जिम्बावेका ब्रेण्डनले ३ तथा ब्राड इभान्सले १ विकेट लिए ।

त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको जिम्बावे टोली ३२.१ ओभरमा २१३ रनमा अलआउट भएको थियो । जिम्बावेका लागि टाडिवानासे मारुमानीले अर्धशतक प्रहार गरे । उनले ३१ बल खेल्दै ७ चौका र २ छक्का मद्दतमा सर्वाधिक ५० रन बनाए ।

इन्नोसेन्ट किया र टाडिवानासे मारुमानीले पहिलो विकेटका लागि ४.२ ओभरमै ४० रनको साझेदारी गर्दै टिमलाई आक्रामक सुरुआत दिलाएका थिए । कुडजाई माउन्जेले ३९, रोए कियाले ३६, कप्तान टोनी मुन्योङ्गाले २४, लुक जोङ्ग्वेले १९ र सेफास जुवायोले १६ रन जोडे ।

बलिङमा किशोर महतोले ७ ओभरमा १ मेडन राखेर ४३ रन दिएर सर्वाधिक ५ विकेट लिए । सोमपाल कामीले २ तथा दीपेन्द्र सिंह ऐरी र करण केसीले समान एक विकेट लिए ।

एकदिवसीय सिरिजको पहिलो खेलमा जेपाल ३ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा ९ विकेटले जितेको थियो । त्यसअघि नेपालले तीन टी२० खेलको शृंखला खेलेकोमा १–१ को बराबरी भएको थियो । एक खेल वर्षाका कारण रद्ध भएको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post प्रशिक्षक–खेलाडी विवाद छानबिन गर्न एन्फाले बनायो समिति
Next post सागकी स्वर्ण विजेता भारत्तोलन खेलाडी सन्जु गरिन आत्महत्या
Close