पारस र ज्ञानेन्द्र क्रिजमा, नेपालको मध्यम सुरुवात

२ सय ५५ रनको लक्ष्य पछ्याइरहेको नेपालले मध्यम सुरुवात गरेको छ । १० ओरभको समाप्तिमा नेपालले एक विकेटको क्षतिमा ५२ रन बनाएको छ ।

पारस खड्का र ज्ञानन्द्र मल्लले ३३ रनको साझेदारी गरेका छन् । कप्तान पारसले २५ बलमा २८ रन र ज्ञानेन्द्र १८ बलमा १४ रन बनाएर खेलिरहेका छन् ।

यसअघि ओपनर विनोद भण्डारी युएईका कप्तान महोम्मद नाभीदको बलमा विकेटकिपर गुलाम सब्बेरद्वारा क्याच आउट भएका थिए ।

ज्ञानेन्द्र मल्लसँगै ओपनिङमा आएका विनोदले १७ बलमा ९ रन बनाए । उनले पहिलो विकेटका लागि मल्लसँग १९ रनको साझेदारी गरे ।

यसअघि युएईले नेपालाई जितको लागि २ सय ५५ रनको लक्ष्य दिएको थियो । दुबईस्थित आईसिसी क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि युएईले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५४ रन बनायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP