
सन्दीपसहित ११ नेपाली क्रिकेटर पिएसएलको ड्राफ्टमा, ड्राफ्टामा ४४३ विदेशी खेलाडी
नयाँ संस्करणको पाकिस्तान सुपर लिग (पिएसएल)का पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले खेलाडीको ड्राफ्ट सार्वजनिक गरेको छ। पिसिबीले ३५६ विदेशी खेलाडीलाई समेट्दै अक्सनका लागि खेलाडीको ड्राफ्ट सार्वजनिक गरेको छ।
पिएसएलको ड्राफ्टमा ११ नेपाली क्रिकेटर पनि परेका छन् । जसमा सन्दीप लामिछानेदेखि युवा खेलाडी साहब आलमसम्म छन्। अक्सनका लागि पिसिबीले ड्राफ्टमा रहेका खेलाडीले ४ समूहमा विभाजन गरेको छ।
ती चार समूह मध्ये सन्दीप लामिछाने प्लाटिनममा परेका छन् भने विनोद भण्डारी गोल्ड क्याटेगोरीमा पर्दा अन्य ९ खेलाडी सिल्भर क्याटेगोरीमा छन्। सिल्भरमा रहेका नौ खेलाडीमा सोमपाल कामी, सुशन भारी, शरद भेषावकर, सुवास खकुरेल, ललितनारायण राजवंशी, पवन सरार्फ, बसन्त रेग्मी, विक्रम सोब र सहाब आलम छन्।
प्लाटिनम, डायमन्ड, गोल्ड, सिल्भर र इमर्जिङ क्याटेगोरी अन्तर्गत विभाजन गरिएको छ। जसमध्ये टिमले प्लाटिनम, डायमन्ड, गोल्डबाट समान ३ खेलाडी छनोट गुर्नुपर्ने छ भने सिल्भरबाट ५ खेलाडी छनोट गर्नुपर्ने छ। यस्तै, त्यसैगरी, इमर्जिङ र वैकल्पिक समान दुई खेलाडी अनुबन्धन गर्नुपर्ने हुन्छ ।
प्लाटिनम क्याटेगोरीमा रहेका खेलाडीले १ लाख ३० हजार देखि १ लाख ७० हजार अमेरिकी डलर प्राप्त गर्ने छन् भने डायमन्डका खेलाडीले ५० देखि ८५ हजार अमेरिकी डलर, गोल्डकाले ४० देखि ५० हजार डलर प्राप्त गर्ने छन् भने सिल्भरमा रहेकाले १५ देखि २५ हजार अमेरिकी डलर सम्म प्राप्त गर्नेछन् । यस्तै इमर्जिङले ७ हजार ५ सय र वैकल्पिकले ५० हजार अमेरिकी डलर प्राप्त गर्नेछन्।
ड्राफ्टमा ४४३ विदेशी र ४९५ स्वदेशी खेलाडी सहभागी हुनेछन्। पिएसजलको अक्सर डिसेम्बरमा १२ हुनेछ। पिएसएल आगामी जनवरी २७ देखि फेब्रुअरी २७ सम्म हुनेछ ।