क्यान पदाधिकारी मन्त्रालय बोलाएर खेलकुदमन्त्री ले भने– राष्ट्र चिनाउने खेलाडीलाई दुरुत्साहित गरिनु गलत हो

Read Time:1 Minute

नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान ज्ञानेन्द्र मल्लासहित ४ खेलाडीमाथि कारबाही गरेको विषयमा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले चासो व्यक्त गरेका छन् । खेलाडीलाई कारबाही गरेको विषय व्यापक विवादित बनेपछि मन्त्री गहतराजले क्यान पदाधिकारीलाई मन्त्रालयमै बोलाएर छलफल गरेका छन्।

मन्त्री गहतराजले क्यान पदाधिकारी समक्ष क्रिकेटमार्फत् नेपाललाई विश्वसामु चिनाउन योगदान गरेका खेलाडीलाई दुरुत्साहित हुने ढंगले कारबाही गरिनु गलत भएका छन् । उनले राष्ट्र चिनाउन भएको भन्दै मन्त्री गहतराजले खेलाडीहरुलाई संरक्षण गर्नुपर्ने बताए।

मन्त्री गहतराजले क्रिकेट खेलाडीमाथि गरिएको कारबाहीमा पुनः विचार गर्न आग्रह गरे । क्यान र खेलाडीबीच देखिएको समस्या समाधानकालागि उपर्युक्त विधि अपनाउनुपर्ने बताउँदै मन्त्री गहतराजले खेल क्षेत्रमै आफ्नो उर्जावान समय खर्चिएका खेलाडीहरुलाई गरिएको कारबाहीले गलत सन्देश प्रवाह गरेको भन्दै चिन्ता व्यक्त गरे।

आगमी दिनमा हुन गइरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेत मध्यनजर गर्दै तत्काल देखिएका समस्या समाधान गर्न क्यानका अध्यक्ष चतुर बहादुर चन्दसहितका पदाधिकारीहरुलाई मन्त्री गहतराजले निर्देशन दिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सुरुआती अग्रता जाेगाउन नसक्दा सातदोबाटोसँग रोकियो आर्मी
Next post क्यानलाई ४ क्रिकटरको प्रश्न– हाम्रो समर्पणको सम्मान यही हो ?
Close