मुख्य प्रशिक्षकको अन्तर्वार्ता तिहारअघि नै गर्ने क्यानको तयारी

Read Time:1 Minute

नेपाल क्रिकेट संघ (क्यार्न) ले नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्तीका लागि तिहारअघि नै अन्तर्वार्ता गर्ने भएको छ । क्यानको शुक्रबार बसेको बोर्ड बैठकले मुख्य प्रशिक्षकसँगै म्यानेजरको पदपूर्तिका लागि तिहारअघि नै अन्तर्वार्ता लिने निर्णय गरेको हो।

क्यानको बाृर्ड बैठकले अन्य पदहरुको अन्तर्वार्ता भने तिहार पछि गर्ने निर्णय गरेको छ । क्यानले गत सेप्टेम्बरमा मुख्य प्रशिक्षकसहित अन्य पदका लागि दरखास्त आह्वान गरेको थियो । क्यानले २० दिनको म्याद राखेर आह्वान गरेको दरखास्तमा ७७ जना प्रशिक्षकले आवेदन दिएका थिए ।

यस्तै क्यानले अन्तर्वार्ताका लागि छनोट हुने प्रशिक्षकको सूची समेत तयार गरिसकेको छ । क्यानले अन्तर्वार्तामा छनोट हुने प्रशिक्षकको सूची आईसीसीलाई समेत पठाईसकेको छ । क्यानले मुख्य प्रशिक्षक छनोटका लागि ५ सदस्सीय छनोट समिति समेत गठन गरिसकेको छ । जसमा ३ जना क्यानबाट १ जना आईसीसी र १ जना स्वतन्त्र विज्ञ रहेका छन् ।

गत फेब्रुअरीमा भएको विश्व क्रिकेट लिग अन्तर्गतको घरेलु सिरिजपछि नेपाली टिम मुख्य प्रशिक्षक विहीन रहेको छ । तत्कालिन प्रशिक्षक पटवालले राजीनामा दिएर स्वदेश फर्किएसँगै राष्ट्रिय टिम प्रशिक्षक विहीन भएको हो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग पराजित
Next post फिर्मिन्होको गोल ब्राजिल विजयी, भिडाल चम्किँदा चिलीले पेरुलाई हरायो
Close