क्रिकेटराष्ट्रिय क्रिकेट

स्कटल्यान्डविरुद्ध नेपालको खराब ब्याटिङ, १३५ रनमै अलआउट

विश्वकप छनोटको तयारीका दक्षिण अफ्रिकामा रहेको नेपाली टिमले पहिलो अभ्यास खेलमा खराब ब्याटिङ गरेको छ। दक्षिण अफ्रिकामा स्कटल्यान्डविरुद्ध पहिला ब्याटिङ गरेको नेपाली टिम १३५ रनमै अलआउट भयो।

दक्षिण अफ्रिकाको टक्स ओभलमा टस हारेर ब्याटिङ गरेको नेपाली टिम २८.५ ओभरमा १३५ रनमै अलआउट भयो। नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन बनाए । उनले २६ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

यस्तै, ओपनर आसिफ सेखले ३६ बलमा २८ रन बनाउँदा अर्का ओपनर कुशल भुर्तेल १६ रन बनाए । यस्तै, दीपेन्द्रसिंह ऐरीले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

नेपालको इनिङ ध्वस्त बनाउने क्रममा ब्रेन्डन म्याकुमलेन र ज्याक जार्विसले समान २ विकेट लिँदा सफ्यान सरिफले दुई विकेट लिए।

जिम्बाबेमा हुने विश्वकप छनोटको तयारीका लागि गतसाता दक्षिण अफ्रिका पुगेको नेपाली टिमले शनिबार नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्ने छ।