क्रिकेटराष्ट्रिय क्रिकेट

भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने, आरिफको स्थानमा भीमलाई मौका

भारतविरुद्ध नेपाली टिममले पहिला ब्याटिङ गर्ने भएको छ। भारतीय कप्तान रोहित शर्मा टस जितेर फिल्डिङ रोजेपछि नोपलले पहिला ब्याटिङ गर्ने भएको हो।

भारतविरुद्धको खेलका लागि मुख्य प्रशिक्षक मोन्टी देसाईले पाकिस्तानविरुद्ध खेलेको टिममा एक परिवर्तन गर्दै प्लेइङ ११ घोषणा गरेका छन्।

प्रशिक्षक देसाईले पाकिस्तानविरुद्ध चौथो नम्बरमा ब्याटिङ गर्दै सोमपालसँग अर्धशतकीय साझेदारी गरेका आरिफ सेखलाई टिमबाट बाहिर राखेका छन्। प्रशिक्षक देसाई आरिफको स्थानमा भीम सार्कीलाई मौका दिएका छन्।

यता, भारतले पनि पाकिस्तानसँग खेलेको टिममा एक परिवर्तन गरेको छ। उसले जसप्रित बुमराहको स्थानका मोहम्मद सामीलाई टिममा राखेको छ। बुमराह भारत फर्किएकाले सामील्े मौका पाएका हुन्।

नेपाली टिम : कुशल भुर्तेल, आसिफ सेख, रोहितकुमार पौडेल, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी।