नेपाली क्रिकेट टिम आज स्वदेश फर्कँदै

Read Time:1 मिनेट

आईसिसी टि–२० विश्वकपको ग्लोबल छनोट खेलेर नेपाली क्रिकेट आज स्वदेश फर्कँदै छ। विश्वकपमा छनोट हुन असफल भएको नेपाली टिम शुक्रबार बेलुका साढे ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछ।

तेस्रो स्थानको लागि बिहीबार भएको खेलमा नेपालले ओमानलाई ९ विकेटले हराउँदै विश्वकप ग्लोबल छनोट अन्त्य गरेको छ। योसँगै नेपालको अस्ट्रेलियामा २०२२ मा आयोजना हुने आईसीसी टी२० प्रतियोगितामा सहभागी हुने मौका गुमाएको छ।

नेपालले समूह चरणको खेलमा क्यानडा, ओमान र फिलिपिन्सलाई हराएको थियो। यस्तै, सेमिफाइनलमा भनेयुएईसँग ६८ रनले पराजित भएको थियो।

प्रतियोगिता सकिएसँगै नेपाली टोली स्वदेश फर्किन लागेको हो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post वुल्भ्समाथि आर्सनलको पुनरागमन जित
Next post आईपिएल मार्च २६ बाट, लिग चरणका खेल मुम्बई र पुनेमा मात्र हुने
Close