ओमान र अमेरिकाविरुद्धको त्रिकोणात्मक सिरिजका लागि प्रारम्भिक टिमकाे घोषणा

Read Time:1 मिनेट

आईसिसी विश्वकप लिग–२ अन्तर्गतको दोस्रो त्रिकोणात्मक सिरिजका लागि प्रारम्भिक नेपाली टिमको घोषणा गरिएको छ। ओमानमा हुने नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजका नेपाल क्रिकेटसंघ क्यानले बुधबार २० सदस्यीय प्ररमिभक टिमको घोषणा गरेको छ।

सिरिजका लागि बन्द प्रशिक्षण सुरु गर्न क्यानले २० सदस्यीय टिम घोषणा गरेको हो। टिममा गत संस्करणको प्रमानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताबाट चम्किएका बलर गुल्सन झाले पनि टिममा परेका छन्।

सिरिजका लागि घोषणा गरिएको टिममा ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल आसिफ सेख, गुल्सन झा, आरिफ सेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने रहेको छ।

यस्तै, कमलसिंह ऐरी, अविनाश बोहरा, साहब आलम, सुशन भारी, शरद भेषवाकर, विक्रम सोब, पवन सर्राफ, रोहितकुमार पौडल र पारस खड्का रहेका छन्।

क्यानले पारस खड्कालाई बन्द प्रशिक्षणको टिममा राखे सामेल गरे पनि उनी प्रशिक्षणमा सहभागी हुने छैनन् । उनले मंगलबार मात्रै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post कप्तानसँगै सन्न्यास लिन चाहन्थे पारस
Next post भान गाल बने नेदरल्यान्ड्सको मुख्य प्रशिक्षक
Close