नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षण पोखरामा

Read Time:1 Minute

नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण पोखरामा हुने भएको छ। आसन्न टि–२० विश्वकपको ग्लोबल छनोटको तयारी लागि नेपाली टिमले पोखरामा प्रशिक्षण गर्ने भएको हो।

क्यानको बुधबरा बसेको भुर्चुअल बोर्ड बैठकले बन्द प्रशिक्षण डिसेम्बर २१ बाट पोखरामा गर्ने निर्णय गरेको हो। बन्द प्रशिक्षणका लागि क्यानले टिम भने घोषणा गरेको छैन।

नेपाली टिमलाई पुबुदु दासायकले प्रशिक्षण दिनेछन्। उनी गत सातामात्र दोस्रो पटक नेपाली टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए।

ग्लोबल छनोटमा नेपाल समूह एमा छ। यो समूहमा आयरल्यान्ड, ओमान, युईए, क्यानडा, बहराइन, जर्मनी र फिलिपिन्स छन्। यो समूहको छनोट खेल १५ देखि २५ फेब्रुअरीमा ओमानमा हुनेछ। मस्कटको ओमान क्रिकेट एकेडेमी मैदानमा हुने छनोटबाट शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post क्यानको निर्णयमा प्रश्न उठाउने ज्ञानेन्द्रसहित ४ क्रिकेटर कारबाहीमा
Next post अगुएरोले लिए फुटबलबाट सन्न्यास
Close