बन्द प्रशिक्षणको लिस्टमा ३० खेलाडी, १६ मात्रै सहभागी

Read Time:2 मिनेट

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु गरेको छ । बन्द प्रशिक्षणमा १६ खेलाडीमात्र सहभागी भएको क्यानले जनाएको छ।

क्यानले बन्द प्रशिणका लागि ३० जना खेलाडीलाई बोलाएको थियो । तर, आजबाट सुरु भएको बन्द प्रशिक्षणमा १६ खेलाडी मात्र सहभागी भएका छन्।

क्यान र खेलाडीबीच देखिएको विवादमा कारण अन्य खेलाडी बन्द प्रशिक्षणमा सहभागी नभएका हुन् । क्यानले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त गरेको थियो भने दुईसँगै सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिना सेन्ट्रल कन्ट्याक्टमा नराख्ने निर्णय गरेको छ।

कारबाहीमा परेका खेलाडीहरुले कारबाही फिर्ताको लागि माग गर्दै आईरहेका छन् । तर, क्यानले कारबाही फिर्ता नगर्ने बताइसकेको छ ।

सोही कारण १४ खेलाडी बन्द प्रशिक्षणमा सहभागी नभएको बताइएको छ। जसमा ज्ञानेन्द्र, दीपेन्द्र, सोमपाल र कमलसँगै करण केसी, कुशल भुर्तेल, विनोद भण्डारी, रोहितकुमार पौडेल, बिक्रम शोब, सुशन भारी, अविनाश बोहोरा, सन्दीप जोरा, कुशल मल्ल र नन्दन यादव छन्।

क्यानले बन्द प्रशिक्षणका लागि खेलाडीलाई आइतबारसम्म रिपोर्टिङ गर्न भनेको थियो । तर, क्यानका क्रिकेट म्यानेजर विनोद दासले असन्तुष्ट खेलाडीले रिपोेर्ट नगरेको बताएका छन्।

विश्वकपको ग्लोबल छनोटका लागि क्रिकेट टिमले आइतबारबाट प्रशिक्षण सुरु गरेको हो । क्यानको क्रिकेट म्यानेजर विनोद दासले आजबाट टिमको बन्द प्रशिक्षण सुरु भएको बताए । तर, पहिलो दिन प्रशिक्षकसँग अन्तरक्रिया, फिटनेस लगायतको कार्यहरु मात्र भएको उनले बताए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post आर्सनलमाथि सिटीको पुनरमगमन जित
Next post उपाधि होडमा रहेका चेल्सी र लिभरपुलले खेले बराबरी
Close