नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु

आसन्न आईसिसी विश्वकप लिग–२ अन्तर्गतको दोस्रो सिरिजको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण बिहीबारबाट सुरु भएको छ।

आगमी सेप्टेम्बरमा ओमान हुने अमेरिका र आमोनसँगका त्रिकोणात्मक सिरिजका लागि नेपाली टिमको बन्द प्रशिक्षण कीर्तिपुरस्थित टियू मैदानमा सुरु भएको हो।

बन्द प्रशिक्षणका लागि बुधबार मात्र क्यानले २० सदस्यीय नेपाली टिमको घोषणा गरेको थियो। पूर्वकप्तान पारस खड्काले मंगलबार मात्र सन्न्यासको घोषणा गरेकाले उनीबाहेक १९ सदस्यीय टिम बन्द प्रशिक्षणमा सहभागी छन्।

बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल आसिफ सेख, गुल्सन झा, आरिफ सेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने कमलसिंह ऐरी, अविनाश बोहरा, साहब आलम, सुशन भारी, शरद भेषवाकर, विक्रम सोब, पवन सर्राफ र रोहितकुमार पौडल सहभागी छन्।

एकदिवसीय विश्वकप छनोटका रुपमा रहेको लिग–२मा नेपालले सन् २०१९मा घरेलु मैदानमा ओमान र अमेरिकासँगै पहिलो सिरिज खेलेको थियो। लिग–२मा ४ खेलमा ४ अंक जोडेको नेपाल छैटौं रहेको छ । १० खेलमा १६ अंक जोडेर ओमान शीर्ष स्थानमा छ भने १२ खेलमा १२ अंक नै जोडेको अमेरिका दोस्रो स्थानमा छ।

Facebook Comments Box