नेपाली क्रिकेट टोली आज फर्कंदै

मलेसियामा भएको एसिया कप छनोट क्रिकेटमा सहभागी भई नेपाली राष्ट्रिय क्रिकेट टोली आज काठमाडौं फर्कंदै छ । नेपाली टोली शुक्रबार दिउँसो १२ बजे मालिन्दो एयरबाट काठमाडौं आउन लागेको हो ।

भदौ १३ देखि २१ सम्म भएको प्रतियोगितामा नेपाल २ जित र ३ हार व्यहोर्दै समूहण चरणबाटै बाहिरिएको थियो । नेपाल ४ अंकसहित चौथो स्थानमा समीति भएको थियो ।

नेपाल प्रतियोगिताको सुरुवाती दुई खेलमा ओमान र युएईसँग पराजित भएको थियो भने त्यसपछि दुई खेलमा नेपालले आयोजक मलेसिया र सिंगापुरलाई हराएको थियो । यस्तै, लिगको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको थियो । यस्तै, युएईसँग नेपाल ७६ रनले पराजित हुँदै प्रतियोगितामा खराब सुरुवात गरेको थियो । तेस्रो खेलमा नेपालले आयोजक मलेसियालाई १९ रनले पारजित गरेको थियो भने चौथो खेलमा सिंगापुरलाई ४ विकेटले पराजित गर्दै एसिया कप खेल्ने सम्भावनालाई जीवितै राखेको थियो ।

यस्तै, निर्णायक खेलमा हङकङसँग ३ विकेटले पारजित भएपछि नेपालको एसिया कप खेल्ने सपना सपनामै समीति भएको थियो ।

मलेसिया पुग्नुअघि नेपाली क्रिकेट टिमले श्रीलंकमा एक हप्ता अभ्यास गरेको थियो । त्यहाँ नेपालले ३ खेल खेल्दै ३ वटै खेलमा जित हात पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP