क्यानले लियो ५ जनासँग अन्तर्वार्ता, को बन्ला प्रशिक्षक ?

Read Time:2 Minute

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि सर्ट लिस्टमा रहेका ५ जनासँग अन्तर्वार्ता लिएको छ।

क्यानले बिहीबार सर्टलिस्टमा रहेका भारतका मोन्टी देसाई, नेपाली टोलीका पूर्वप्रशिक्षक डेभ ह्वाटमोर, पूर्वबलिङ सल्लाहकार श्रीलंकाली धम्मिका प्रसाद, दक्षिण अफ्रिकी रसेल क्रेग डोमिंगो र न्युजिल्यान्ड टी–२० टोलीका पूर्वप्रमुख प्रशिक्षक ग्लेन पोकनलसँग बुधबार अन्तर्वार्ता लिएको हो।

नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बन्न २४ जनाले आवेदन दिएका थिए । त्यसमध्ये क्यानले ५ जनाको नाम छनोट गरेको थियो।

मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक विहीन रहेको छ। क्यालने फेब्रुअरीमा हुने नामिबिया र स्कटल्यान्डविरुद्धको त्रिकोणात्मक सिरिज अघि नै प्रशिक्षक नियुक्त गर्ने छ।

यो दुई वर्षभित्र नेपाली राष्ट्रिय टोलीका चार प्रशिक्षक परिवर्तन भएका छन् । क्यानलाई अब बन्ने प्रशिक्षकले लामो समय नेपाली टोली हेर्छन् वा हेर्दैनन् भन्ने चिन्ता छ । क्यानले सर्ट लिस्टमा परेकासँग अन्तर्वार्ता लिँदा यही प्रश्न मुख्य बनाएको थियो ।

‘हामीले अन्तर्वार्तामा नेपाली टोलीमा लामो समय दिन सक्ने वा नसक्ने मुख्य विषय बनाएका थियौँ,’ क्यानका कार्यबहाक सचिव मल्लले भने, ‘अन्तर्वार्तामा सहभागी भएकाहरूले यसपटक सम्झौताअनुसार नेपाली टोली हेर्ने वाचा गरेका छन् ।’

Happy
Happy
86 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
14 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post साउदीमा रोनाल्डो र मेसी आज भिड्दै, कसले जित्ला?
Next post म्यानचेस्टर सिटी विश्वकै धनी क्लब, रियल दोस्रोमा
Close