त्रिकोणात्मक सिरिज खेल्न ओमान गयो नेपाली क्रिकेट टिम

एकदिवसीय विश्वकप छनोटका रुपमा रहेको विश्वकप लिग–२ अन्तर्गतको दोस्रो त्रिकोणात्मक सिरिजका लागि नेपाली क्रिकेट टिम मंगलबार बिहान ओमान प्रस्थान गरेको छ। ओमान हुने आमेरिका र ओमानसँगको त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनीसँगको एकदिवसीय सिरिज खेल्ने नेपाली टिम मंगलबार बिहान ८ बजे सलाम एयरको विमानमार्फत ओमान गएको हो।

सेप्टेम्बर १३ देखि २० सम्म ओमानमा हुने अमेरिका र ओमानसँगका त्रिकोणात्मक सिरिजका ओमान गएको नेपाली टोलीमा १७ खेलाडीसहित २१ सदस्यीय टोली छ।

नेपाली टिमले सिरिज अघि पपुवा न्युगिनीसँग २ खेलको एकदिवसीय सिरिज पनि खेल्ने छ। ओमानमै हुने सिरिज सेप्टेम्बर ५ र ८ मा हुनेछ।

सिरिजका लागि क्यानले आइतबारमात्र १७ सदस्यीय टिम घोषणा गरेको थियो । टिममा युवा मिडियम फास्टबलर गुल्सन झाले पहिलो पटक स्थान बनाएका छन्। गत वर्ष सम्मन्न काठमाडौं मेयर्स क्रिकेट प्रतियोगितामा उत्कष्ट प्रदर्शन गरेपछि गुल्सनलाई राष्ट्रिय टिममा बोलाइएको हो।

यस्तो छ नेपाली टिम

ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ सेख, गुल्सन झा, आसिफ सेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछने, पवन सर्राफ, अविनाश बोहरा, रोहितकुमार पौडेल, सुशन भारी, शरद भेषावकर विक्रम सोब ।

Facebook Comments Box