एसिया कपमा पाकिस्तानविरुद्ध बुधबार खेलेको नेपाली क्रिकेट टोली चार्टर फ्लाइटमा श्रीलंका गएको छ।
पाकिस्तानविरुद्ध खेल्दै नेपालले एसिया कपमा डेब्यु गरेको नेपाली टिम डेब्यू खेलमा २३८ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
समूह ‘ए’ को बाँकी खेल खेल्न पाकिस्तान र नेपाली टोली बिहीबार बिहान ३ बजे एउटै चार्टर फ्लाइटमा कोलोम्बोतर्फ लागेका हुन् । पाकिस्तानले आफ्नो चीर प्रतिद्वन्द्वी भारतविरुद्ध शनिबार क्यान्डीमा खेल्दै छ।
प्रतियोगितामा भारतको यो पहिलो खेल हुनेछ। त्यसको दुई दिनपछि भारतले क्यान्डीमा नेपालविरुद्ध खेल्ने छ। क्यान्डीमा हुने यी दुवै खेल वर्षाले प्रभावित हुने सम्भावना देखिएको छ ।
बाबर आजमको १ सय ५१ र इफ्तिखार अहमदले अविजित १ सय ९ रन बनाएपछि पाकिस्तानले एसिया कपको उद्घाटन खेलमा नेपालविरुद्ध ६ विकेट गुमाई ३ सय ४२ रन बनाएको थियो।
नेपाल २४ ओभरभित्र १ सय ४ रनमा अलआउट भएको थियो । नेपालमाथिको ठूलो विजयले पाकिस्तानको सुपर फोरमा पुग्ने सम्भावना बलियो बनिसकेको छ ।