पाकिस्तानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले एसिया कपअघि एउटा अभ्यास खेल खेल्ने भएको छ।
एसिया कपको तयारीका लागि पाकिस्तानमा रहेको नेपाली टिमले शनिबार अभ्यास खेल खेल्ने भएको छ।
पाकिस्तानका स्थानीय क्लब तथा फस्ट क्लास खेलाडीलाई मिक्स गरी उनीहरुसँग तयारीका लागि अभ्यास खेल खेल्ने बताइएको छ।
हाल कराँचीमा अभ्यास गरिरहेको टिमका लागि पाकिस्तानको मौसम तथा खेलसँग अभ्यस्त गराउन अभ्यास खेलको तयारी गरिएको हो।
नेपालले कराँचीको नेशनल स्डेडियममा गत २ दिनयता अभ्यास गरिरहेको छ। नेपालले भदौ १३ मा मुल्तानमा घरेलु टिम पाकिस्तानको सामना गर्दैछ।
त्यस्तै दोस्रो भारतसँगको खेलका लागि भने नेपाली टिम श्रीलंका जानेछ । नेपालले दोस्रो खेल भदौ १८ मा भारतसँग खेल्नेछ ।