नेपाली क्रिकेट टिमको जर्सी डिजाइन गर्दै ५ सय डिजानइनर

नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी खुला प्रतिस्पर्धाबाट बनाइने भएको छ। जर्सी डिजाइनका लागि नेपाल क्रिकेट संघ (क्यान) गरेको खुला प्रतिस्पर्धामा ५ सयभन्दा बढी डिजाइन सहभागी भएका छन्।

क्यनले जर्सी निर्माणका लागि ३१ जेठमा खुला आव्हान गरेको थियो । त्यसमा ५ सय बढी सहभागी भएका हुन्।

क्यानले प्राप्त जर्सीको डिजाइन छनोटका लागि समिति पनि गठन गरेको छ। चार सदस्यीय समितिमा छुम्बी लामा, रौनक मल्ल, विनोद दास छन् भने एक जना प्रयोजकका प्रतिनिधि हुनेछन्।

५ सय बढी डिजाइनलाई सुरुमा समितिले सस्र्टलिस्ट गरेर बोर्डलाई दिने छ । र, बोर्डले सर्टलिस्टमा परेका मध्यबाट जर्सी छनोट गर्ने छ। छनोटमा परेको जर्सी डिजाइन गर्नेले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

नयाँ जर्सी जुलाईमा स्पेनमा हुने विश्वकप लिड २ अन्तर्गतको स्कटल्यान्ड र नामिबियाविरुद्धको त्रिकोणात्मक सिरिजदेखि नै प्रयोगमा ल्याइने छ।

Facebook Comments Box