नेपाली क्रिकेट टिमको जर्सीलाई आईएनजी ग्रुपको प्रायोजन

Read Time:1 Minute

नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सीलाई मोबाइल एप्लिकेसन उत्पादन कम्पनी आइएनजी ग्रुपले प्रायोजन गरेको छ। आइएनजीको मोबाइल एप्लिकेशन ‘माई सेकेन्ड टिचर’ले नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सीलाई १ वर्षका लागि प्रायोजन गरेको हो।

एक कार्यक्रमबीच नेपाल क्रिकेटसंघ क्यानले आइएनजी ग्रुपसँग सम्झौता गरेको छ । तर, सम्झौता रकम भने खुलाइएको छैन।

अब नेपाली टिमको जर्सीमा १ वर्षसम्म ‘माई सेकेण्ड टिचर’ र इस्लिङ्टन कलेजको लोगो प्रयोग हुनेछ ।

नेपालले त्रिकोणात्मक सिरिजबाटै ‘माई सेकेण्ड टिचर’ र इस्लिङ्टन कलेजको लोगो भएको जर्सी प्रयोग गर्ने छ। नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक सिरिज वैशाख ४ गतेदेखि ११ गतेसम्म टियू मैदानमा आयोजना हुनेछ ।

यसैगरी सोमबार नै नेपाली क्रिकेट टिमको नयाँ जर्सी सर्वाजनिक गरियो । नयाँ जर्सी आईएनजी ग्रुपका संस्थापक सुलभ बुढाथोकी र राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले सार्वजनिक गरे ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post विराट गोल्डकपमा पनि मच्छिन्द्र पहिलो खेलमै पराजित
Next post यू–१९ क्रिकेटलाई चौधरी ग्रुपको साथ
Close