
करणको अलराउन्ड प्रदर्शनमा श्रीलंका पुलिसमाथि नेपालको सानदार जित
विश्वकप लिग–२ अन्तर्गतको तेस्रो सिरिजको तयारीका लागि श्रीलंका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले लागतार तेस्रो जित निकालेको छ। बिहीबार भएको तेस्रो खेलमा करण केसीले अलराउन्ड प्रदर्शन गरेपछि नेपालले श्रीलंका पुलिसमाथि १४४ रनको फाराकिलो जित निकाल्यो ।
पहिला ब्याटिङ गर्दै नेपालले दिएको दिएको ३३२ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंका पुलिस ३६.५ ओभरमा अलआउट हुँदै १८७ रनमै समेटियो।
श्रीलंका पुलिसका कप्तान सी सिल्भाले ६४ रनको अर्धशतकीय इनिङ खेले । यस्तै एस मौर्याले ५० तथा एल वेभिताले ३७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
नेपालको जितमा करण केसीले अलराउण्ड प्रदर्शन गरे । विस्फोटक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेका करणले बलिङतर्फ ३ विकेट हात पारे । यस्तै सागर ढकाल, कमलसिंह ऐरी तथा कप्तान सन्दीप लामिछानेले समान २–२ विकेट लिए ।
पहिला ब्याटिङ गरेको नेपालका लागि ४ खेलाडीले अर्धशतक प्रहार गरेपछि निर्धातिर ओभरमा ७ विकेट गुमाउँदै ३३१ रन बनायो। नेपालका लागि ओपनरद्वय आसिफ सेख र कुलश मल्ल, रोहितकुमार पौडेल तथा करण केसीले अर्धशतकीय इनिङ खेले ।
रोहितले सर्वाधिक ७२ रनको बनाए । यस्तै, कुशल मल्लले ५७, करण केसीले ५३ र आसिफ सेखले ५२ रनको इनिङ खेले । यस्तै, कमलसिंह ऐरीले ४५ रन बनाउँदा आरिफ सेखले ३५ रन बनाए ।
यसअघिको श्रीलंका नेभीविरुद्धको दुइ अभ्यास खेलमा नेपालले राम्रो ब्याटिङ प्रदर्शन गर्न सकेपनि बलिङको बलमा नेपालले दुवै खेल जितेको थियो ।