यस्तो छ ओमान नेपाली टिमको पहिलाे दिनकाे तयारी (फोटो फिचर)

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला ओमानमा छ। आईसिसी एकदिसीय विश्वकप छनोटका रुपमा रहेको विश्वपक लिग–२ अन्तर्गतको दोस्रो त्रिकोणात्मक सिरिजका नेपाली टिम मंगलबार ओमान पुगेको हो।

ओमानमा बुधबार नेपाली टिमले पहिलो पटक अभ्यास गरेको छ। नेपालले ओमानमा आयोजक आमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिज खेल्ने छ भने त्यसपछि पुपुवा न्युगिनीसँग २ खेलको एकदिवसीय सिरिज पनि खेल्ने छ।

नेपालले भदौ २८ गते अमेरिकासँग पहिलो खेल खेल्ने छ। सो खेल नेपाली समय अनुसार दिउँसो ४स्१५ मा सुरु हुने छ। यस्तै, नेपालले दोस्रो खेलमा भदौ २९ गते ओमानको सामना गर्ने छ। नेपालले अमेरिकाविरुद्ध दोस्रो खेल असोज १ गते खेल्नेछ भने ओमानविरुद्धको अन्तिम खेल असोज ३ गते खेल्नेछ तालिका रहेको छ। पपुवा न्यगिनीसँगके सिरिज भदै २० र २३मा हुनेछ।

सन् २०२३ को ओडीआई विश्वकपको रोडम्यापका रुपमा रहेको विश्वकप लिग–२ मा नेपालले अहिलेसम्म एक मात्र त्रिकोणात्मक सिरिज खेलेको छ। २०२० फेब्रुअरीमा नेपालमै भएको नेपाल, ओमान र अमेरिका सहभागी सिरिज खेलेकाे थियाे।

लिग–२ मा नेपालले चार खेल खेल्दा २ मा जित र २ मा हारको नतिजासहित ४ अंक जोडेको छ। ७ राष्ट्र सम्मिलित लिग–२ को अंकतालिकामा नेपाल छैठौं स्थानमा छ। १० खेल खेलिसकेको ओमान १६ अंकसहित शीर्ष स्थानमा छ।

Facebook Comments Box