डे नाइट खेलको अनुभव लिँदै नेपाली क्रिकेटर

नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले ओमान छ । विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि नेपाली टिम २ सताअघि ओमान पुगेको हो।

त्रिकोणात्मक सिरिजअघि नेपाली टिमले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेलिरहेको छ। दुई खेलको एकदिवसीय सिरिजको पहिलो गत मंगलबार भएको थियो । सो खेल नेपालले २ विकेटले जितेको थियो।

दोस्रो शुक्रबार नेपाली समयअनुसर दिउँसो ४ः१५ बजे अमरेत क्रिकेट मैदानमा सुरु हुँदैछ । सोही खेलमार्फत नेपाली टिमले नयाँ अनुवभव लिने छ, डे नाइट खेलको । नेपाली टिमले पहिलो पटक डे नाइट खेल खेल्न लागेको हो।

डे नाइट खेल नखेले पनि नेपाली टिमले फ्लडलाइटमा भने खेलिसकेको छ। नेपालले सन् २०१४ को टि२० विश्वकप र सन् २०१९ मा सिंगापुरमा भएको जिम्बावे र सिंगापुर सम्मिलित त्रिकोणात्मक टि२० सिरिज नाइट खेलेको थियो।

Facebook Comments Box