टि–२० वरीयता : दीपेन्द्र उक्लिए, सन्दीप र कुशल यथावत, आसिफ र अविनाश तल झरे

Read Time:1 मिनेट

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)को टि–२० वरियतामा नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सुधार गरेका छन्। आईसिसीको नयाँ अपडेटअनुसार अलराउन्डरतर्फ दीपन्द्र एक स्थान माथि उक्लिँदै आठौं स्थानमा आइपुगेका छन्।

यस्तै, ब्याटिङ वरियतामा भने दीपेन्द्र ४२औं स्थानमा यथावत रहँदा ओनपर कुशल मल्ल पनि ब्याटिङतर्फ ३८औं स्थानमा यथावत छन्। अर्का ओपनर आसिफ सेख भने १ स्थान तल झर्दै ९८औं स्थानमा आइपुगेका छन्।

यसैगरी बलिङतर्फ कप्तान सन्दीप लामिछाने ४१औं स्थानमा यथावत रहँदा अविनाश बोहरा २ स्थान तल झर्दै ९४औं स्थानमा आएका छन्।

टि–२० व्याटिङकतर्फ पाकिस्तानका बाबर अजाम, बलिङतर्फ अस्ट्रेलियाका जोश हेजलउड र अलराउन्डरतर्फ अफगानिस्तानका मोहम्मद नाबी शीर्ष स्थानमा छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post केरला महिला लिग : सावित्रको पाँच गोलमा गोकुलमको फराकिलाे जित
Next post अन्तरविद्यालय इन्डोर क्रिकेटको उपाधिका लागि वाई प्वाइटिङ र पशुपति फाइनलमा
Close