सोमबार नेपाली क्रिकेट टिमले पहिलो भारतसँग खेल्यो। पहिलो खेलमा नेपाली भारतसँग १० विकेटले पराजित भयो।
खेलपछि नेपाली क्रिकेट टिम भारतीय क्रिकेट टिमको ड्रेसिङ पुगेको थियो । भारतीय मुलकै नेपाली टिमका प्रशिक्षक मोन्टी देसाईले नेपाली खेलाडीलाई भारतीय टिमको ड्रेसिङ रुपममा लगेका थिए।
ड्रेसिङ रुममा नेपाली टिमबाट उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडीलाई विराट कोहली, हार्दिक पाण्ड्या र भारतीय प्रशिक्षक राहुल द्रविणले मेडल लगाइदिए।
लिजेन्ड ब्याट्सम्यान विराट कोहलीले भारतविरुद्ध अर्धशतक बनाएका आसिफ सेखलाई मेडल लगाइदिए भने अलराउन्डर हार्दिकले ४८ रनको पारी खेलेका नेपाली अलराउन्डर सोमपाल कामीलाई मेडल लगाइदिए। यस्तै, भारतीय प्रशिक्षक तथा पूर्वकप्तान राहुल द्रविडले अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई मेडल लगाइदिए।
प्रशिक्षक देसाईले ह्याप्पी ड्रेसिङ रुमको अवधारणा अनुसार विभिन्न खेलमा राम्रो प्रदर्शन गर्ने खेलाडीहरूलाई आफैँले यस्ता तक्मा बाँड्ने गरेका थिए । हिजो भने उनले भारतीय खेलाडीको हातबाट तक्मा लगाइदिएका हुन्।