
४ खेलाडीको अर्धशतकमा नेपालले दियो श्रीलंकन पुलिसलार्य ३३२ रनको लक्ष्य
आइसिसी विश्वकप लिग–२ अन्तर्गतको तेस्रो त्रिकोणात्मक सिरिजको तयारीका लागि श्रीलंका पुगेको नेपाली टिमले तेस्रो अभ्यास खेलमा श्रीलंकन पुलिसलाई ३३२ रनको लक्ष्य दिएको छ।
पहिला ब्याटिङ गरेको नेपालका लागि ४ खेलाडीले अर्धशतक प्रहार गरेपछि निर्धातिर ओभरमा ७ विकेट गुमाउँदै ३३१ रन बनायो। नेपालका लागि ओपनरद्वय आसिफ सेख र कुलश मल्ल, रोहितकुमार पौडेल तथा करण केसीले अर्धशतकीय इनिङ खेले ।
रोहितले सर्वाधिक ७२ रनको बनाए । यस्तै, कुशल मल्लले ५७, करण केसीले ५३ र आसिफ सेखले ५२ रनको इनिङ खेले । यस्तै, कमलसिंह ऐरीले ४५ रन बनाउँदा आरिफ सेखले ३५ रन बनाए ।
यसअघिको श्रीलंका नेभीविरुद्धको दुइ अभ्यास खेलमा नेपालले राम्रो ब्याटिङ प्रदर्शन गर्न सकेपनि बलिङको बलमा नेपालले दुवै खेल जितेको थियो ।
श्रस्लंका नेभी स्पोर्ट्स क्लबविरुद्ध खेलेका ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, विवेक यादव र विक्रम सोबलाई नेपालले पुलिससँगको खेलमा विश्राम दिएको छ ।