नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण स्थगित

नेपाली राष्ट्रियय क्रिकेट टिमको बन्द प्रशिक्षण स्थगित भएको छ। स्पेनमा हुने भनिएको विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि गत मंगलबारबाट सुरु भएको बन्द प्रशिक्षण नेपाल क्रिकेट संघ क्यानले शनिबार स्थागित गरेको हो।

नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक सिरिज अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले बिहीबार मात्रै कोरोना महामारीका कारण भएको यात्राको प्रतिबन्धका लागि स्थागित गर्ने निर्णय गरेको थियो।

नेपाल, नामिबिया र स्कटल्यान्डबीचको सो त्रिकोणात्मक सिरिज आईसिसी आगामी वर्ष जुलाईमा गराउने निर्णय गरेको छ।

बन्द प्रशिक्षण स्थगित भएपनि नेपाली खेलाडीलाई प्रशिक्षक डेभ वाट्मोरले सानो समूह बनाए प्रशिक्षण भने गराउने क्यानले जनाएको छ। उनीसँगै फिजियो विक्रम न्यौपाने पनि हुने छन्।

विश्वकप छनोटका रुमपमा रहेको आईसिसी विश्वकप लिग २मा नेपालले एउटा मात्र सिरिज खेलेको छ। नेपालले सन् २०१९मा घरेलु मैदानमा ओमान र अमेरिकासँग सिरिज खेलेको थियो।

लिगमा ४ खेलमा ४ अंक जोडेको नेपाल छैटौं स्थानमा छ। १० खेलमा १६ अंक जोडेको ओमान शीर्ष स्थानमा छ भने १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ ।

Facebook Comments Box