नेपाल महिला टी–२० क्रिकेटको वरियतामा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले सार्वजनिक गरेको महिला टि–२० को वरियता नेपाल समावेश भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १८औँ स्थानमा परेको छ । ४६ राष्ट्र सहभागी महिला टि–२० वरियतामा नेपाल १ सय १७ अंक ल्याउँदै १८औं स्थानमा परेको हो ।

नेपाली महिला क्रिकेट पछिल्लो समय सुनसानजस्तै हुँदै गएको छ तर, नेपालले एक दिवसीय मान्यता पाएपछि नेपाली महिला क्रिकेटलाई पनि टी–२० मान्यता दिएको हो । नेपाली महिला टिमले गत मंसिरमा थाइल्यान्डमा टी–२० विश्वकपको एसिया छनोट खेलेयता कुनै खेल खेलेको छैन ।

महिला टि–२० वरियताको शीर्ष स्थानमा अष्ट्रेलिया छ । उसको २ सय ८० अंक छ । यस्तै न्युजिल्यान्ड दोस्रो, इंल्यान्ड तेस्रो स्थानमा छ भने वेष्टइन्डिज चौथो स्थानमा छ ।

यसैगरी भारत पाँचौं, दक्षिण अफ्रिका छैठौं, पाकिस्तान सातौं, श्रीलंका आठौं, बङ्गलादेश नवौं र आयरल्यान्ड १० औं स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP