यू–१९ क्रिकेटलाई चौधरी ग्रुपको साथ
नेपाली यू–१९ क्रिकेट टिमलाई चौधरी ग्रुपले प्रायोजन गरेको छ। यू–१९ टिमलाई ५ वर्षका लागि चौधरी ग्रुपको उत्पादन वाइवाइ चाउचाउले प्रायोजन गरेको हो।
सोमबार एक कार्यक्रमबीच प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले हस्ताक्षर गरे।
चौधरी ग्रुपल प्रत्येक वर्ष क्यानलाई ७० लाख रुपैयाँ उपलब्ध गराउने छ। सम्झौता रकम प्रत्येक वर्ष १० प्रतिशतले बढ्ने छ।
सम्झौतापछि चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले क्रिकेटसँग जोडिन पाउँदा खुशी लागेको बताउँदै युवालाई कसरी विकास गर्न सकिन्छ भनेर सोचिरहेको उल्लेख गरे।
यस्तै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले चौधरी ग्रुपको सहयोगले नेपाली क्रिकेटलाई यहाँसम्म पुर्याउन मद्दत मिलेको बताए ।
क्यान क्रिकेट म्यानेजर विनोद दासले सम्झौताबापतको रकम यू–१९ क्रिकेटको जिल्ला छनोटदेखि राष्ट्रिय प्रतियोगितासम्म खर्च गरिने बताए। उनले यू–१९ महिला क्रिकेट टिमको लागि पनि सम्झौताबारे छलफल भइरहेको बताए।