यू–१९ विश्वकप छनोट खेल्न नेपाली टिम मलेसियामा

सन् २०२० मा दक्षिण अफ्रिकामा आयोजना हुने यू–१९ विश्वकप छनोट खेल्न नेपाली यू–१९ टिम मलेसिया प्रस्थान गरेको छ । नेपालसहित ६ टिम सहभागी छनोट प्रतियोगिता मलेसियामा चैत २७ बाट सुरु हुने छ ।

राष्ट्रिय टिमका नियमित सदस्य रोहितकुमार पौडेलको कप्तानीमा रहेको १४ सदस्यीय नेपाली शनिकार मलेसिया प्रस्थान गरेको छ । ५ टिमलाई पछि पार्दैै विश्वकप खेल्ने लक्ष्य बनाएको नेपालले चैत २९ गते सिंगापुर पहिलो खेल खेल्ने छ । यस्तै ३० गते युएई, बैशाख २ गते आयोजक मलेसिया, ३ गते ओमान र अन्तिम खेलमा बैशाख ५ गते कुवेतसँग खेल्ने छ ।

मलेसिया प्रस्थान गरेका नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), आसिफ सेख, पवन सर्राफ, सन्दीप जोरा, भीम सार्की, रित गौतम, कमलसिंह ऐरी, रासिद खान, सागर ढकाल, अभिषेक बस्नेत, कुशल मल्ल, हरिबहादुर चौहान, प्रतिश जिसी, सूर्य तामाङ छन् ।

नेपाली टोलीका प्रशिक्षकमा विदोन दास छन् भने रमन शिवाकोटी व्यवस्थापक र विक्रम न्यौपाने फिजियो छन् । यस्तै, लोकेश बम, शेर मल्ल, आकास चन्द र रविकुमार साह वैकल्पिक खेलाडीका रुपमा रहेका छन् ।

नेपालले पछिल्लो पटक सन् २०१६ मा बंगलादेशमा भएको युवा विश्वकप खेलेको थियो । गत वर्ष न्युजिल्यान्डमा विश्वकपमा भने नेपाल छनोट हुन असफल भएको थियो ।

आगामी वर्ष क्षिण अफ्रिकामा हुने आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ । विश्वकपमा आयरल्यान्ड बाहेकका ११ पूर्णसदस्य छनोट भइसकेका छन् । अफ्रीकाबाट नाइजेरिया छनोट भइसकेको छ । अब एसिया, अमेरिका, इपिए र युरोप छनोटबाट १–१ टिम छनोट हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *