टि–२० विश्वकप छनोटमा नेपाली महिला टिम विजयी, भुटान ८ विकेटले पराजित

Read Time:1 Minute

आइसिसी टि–२० महिला विश्वकपको एसियन छनोटमा नेपाली महिला टिम विजयी भएको छ। मंगलबार दुबईमा भएको खेलमा नेपालले भुटानलाई ८ विकेटले हरायो।

पहिला ब्याटिङ गर्दै भुटानले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले ८.३ ओभरमा २ विकेट गुमाएर भेट्टायो। नेपालका लागि इन्दू बर्माले सर्वाधिक १८ रन बनाउँदा सीता रानामगरले १७ र कप्तान रूबिना क्षेत्रीले १० रन बनाइन्। भुटानकी टासी चेकीले १ विकेट लिइन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भुटानले ६ विकेटको क्षतिमा ६१ रन जोड्यो। भुटानका लागि ओपनरद्वय नवाङ छोडेन १३ रन र सोनाम पाल्दनले ११ रन जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। बलिङमा नेपालकी सीता रानामगरले ३ विकेट लिइन्। उनले ४ ओभरमा १० रन खर्चिइन्।

पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा बिहीबार कुवेतसँग खेल्नेछ। छनोटको अंक तालिकामा युएई लगातार दुई जित निकालेर ४ अंक जोड्दै शीर्ष स्थानमा छ। नेपाल, भुटान र हङकङले ुमान २ अंक जोडेका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post फिफा अवार्ड : रोनाल्डो, मेसीदेखि बेन्जिमा र सलाहसम्म प्रतिस्पर्धामा
Next post यू १९ राष्ट्रिय क्रिकेटमा प्रदेश १ र लुम्बिनीकाे विजयी सुरुआत
Close