महिला क्रिकेटरलाई यसैसाता तलब दिने क्यानको तयारी

क्यानले सेन्ट्रल कन्ट्रयाक्टमा रहेका महिला क्रिकेटरलाई यसै साता तलब दिने तयारी गरेको छ। आईसिसीबाट रकम आएकाले क्यानले सेन्ट्रल कन्ट्रयाक्टमा रहेका महिला क्रिकेटरलाई तलब दिने तयारी गरेको हो।

महिला क्रिकेटरले पहिलो पटक तलब पाउन लागेका हुन् । पुरुष खेलाडी सरह महिला खेलाडीलाई पनि तलब दिने उद्देश्यले क्यानले ६ महिनाअघि महिला खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा राखेको थियो।

आईसिसीले आधा मात्र रकम पठाएकाले त्यसैअनुसार केही महिनाको तलब महिला खेलाडीलाई दिने तयारी क्यानले गरेको छ।

गत असोजको पहिलो साता चितवनमा सबेको क्यानको बैठकले पहिलो पटक महिला खेलाडीको वर्गीकरण गर्दै ६ महिनाका लागि कन्ट्रयाक्ट गरेको थियो । खेलाडी वर्गीकरणमा राखेको करिब ६ महिनापछि महिला खेलाडीले पहिलो पटक पारिश्रमिक पाउन लागेका हुन् ।

क्यानको वर्गीकरणमा ए श्रेणीमा ५, बी श्रेणीमा ८ र सी श्रेणीमा ६ जना खेलाडी छन् । ए श्रेणीका खेलाडीले मासिक १५ हजार, बी श्रेणीकाले १२ हजार र सी श्रेणीकाका खेलाडीले मासिक १० हजार रुपैयाँ पारिश्रमिक पाउने छन् ।

को–को छन् सेन्ट्रल कन्ट्रयाक्टमा ?

श्रेणी एः रुबिना क्षेत्री, नेरी थापा, इन्दु बर्मा, सिता रानामगर, करुणा भण्डारी

श्रेणी बीः ज्योती पाण्डे, अप्सरी बेगम, रोमा थापा, विन्दू रावल, कविता जोशी, रितु कनौजिया, काजल श्रेष्ठ, सरिता मगर

श्रेणी सीः कविता कुँवर, डोली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अन्जली चन्द, शोभा आले

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.