पहिलो टि–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपाली महिला टिम पराजित

Read Time:1 Minute

पहिलो टि–२० अन्तर्राष्ट्रिय सिरिजको् पहिलो खेलमा नेपाली महिला टिम पराजित भएको छ। सोमबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा नेपाली महिला टिम युगाण्डासँग १२ रनले पराजित भएको हो।

पहिला ब्याटिङ गर्दै युगान्डाले दिएको १०३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९० रनमात्र बनाउन सक्यो। सामान्य लक्ष्य पछ्याएको नेपालका लागि इन्दु बर्माले १६, डली भट्ट र कविता कुँवरले समान १३ रन बनाउँदा बिन्दु रावलले १२ रन बनाइन्।

नेपाललाई सस्तैमा रोक्ने क्रममा युगान्डकी सारा अकितेङ र क्वोज्की अवेकोले समान २ तथा जनित एम्बाबाजी र रिता मुसामानीले समान १ विकेट लिए ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको युगान्डाका ५ विकेट गुमाउँदै १०२ रन बनाएको थियो। उसका लागि जनिद एम्बाबाजीले २९ रन बनाउँदा रीता न्यांडिन्डोले १८ र केविन अविनोले १५ रन बनाए ।

बलिङमा नेपालका कविता कुँवरले २ तथा कप्तान रुविना क्षेत्री, कविता जोशी र इन्दु बर्माले समान १ विकेट लिए।

नेपाल र युगान्डाबीच पहिलो पटक अन्तर्राष्ट्रिय खेल भएको हो । श्रृंखला पाँच खेलको हुनेछ । दोस्रो खेल मंगलबार दिउँसो त्रिवि मैदानमा हुनेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post महारेजले पेनाल्टी चुकाउँदा सिटी रोकियो, उपाधिको फैसला अन्तिम खेलमा
Next post डिबालाले युभेन्टस छाड्ने
Close