आसन्न टी–२० विश्वकपको क्षेत्रीय छनोटको तयारीका लागि नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणका लागि २४ खेलाडीलाई बोलाएको छ।
क्यानले मंगलबार महिला क्रिकेटरलाई बन्द प्रशिक्षणका लागि बोलाएका हो। क्यानले पूर्वकप्तान नेरी थापालाई लामो समयपछि टिममा बोलाएको छ।
नेरी नेपाली महिला क्रिकेट टिमकी पहिलो ब्यचकी खेलाडी हुन्।
मलेसियामा हुने एसियन क्षेत्रको छनोटमा अगस्ट २८बाट सुरु हुने छ। प्रतियोगितामा नेपालले समूह एमा बहराइन, भुटान, मलेसिया, कतार र यूएईसँग खेल्ने छ। समूह ‘बी’मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन्।
समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्ने छन् भने फाइनल पुग्ने २ टिम विश्वकपका लागि छनोट हुने छन्।
नेपाली टिमः रुविना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, कृतिका मरासिनी, बिन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, स्नेहा महरा, सृष्टि जैशी, कञ्चन श्रेष्ठ, रोमा थापा, सवनम राई, पूजा महतो, खुसी डंगोल, रुबी पोडार, मनिषा चौधरी, नेरी थापा, सरस्वती चौधरी र ज्योती पाण्डे ।