पीएनजीविरुद्ध नेपालले ब्याटिङ गर्ने, ५ खेलाडी परिवर्तन

Read Time:1 Minute

त्रिकोणात्मक टी–२० श्रृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी ९पीएनजी० विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा पीएनजीले टस जितेर बलिङ रोज्दै घरेलु टोली नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

यसअघि पीएनजीविरुद्ध एकदिवसीय श्रृङ्खला खेलेको नेपाली टिममा ५ खेलाडी परिवर्तन भएका छन् । एकदिवसीय खेलेका कप्तान सन्दीप लामिछानेसहित सोमपाल कामी, रोहित पौडेल, आरिफ शेख दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल टी–२० टिममा पनि खेल्दैछन् ।

यसबाहेक आसिफ शेख, करण केसी, अविनाश बोहरा, कुशल मल्ल र लोकेश बम टी–२० मा पहिलो रोजाईँमा खेल्दैछन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post राष्ट्रिय महिला लिग : आर्मी र विराटनगरको पहिलो जित
Next post नेपाली टिम थाइल्यान्डबाट आज स्वदेश फर्कंदै
Close