
पपुवा न्युगिनीविरुद्ध नेपालको मध्यम ब्याटिङ, पावर प्लेमा गुमायो २ विकेट
Read Time:1 Minute
त्रिकोणात्मक टि–२० सिरिजको फाइनलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले पपुवा न्युगिनीविरद्ध मध्यम ब्याटिङ गरेको छ।
टियु मैदानमा जारी खेलमा नेपालले पावर प्लेममै २ विकेट गुमाएको छ। पाँचौं ओभरको चौथो बलमा कुसल भुर्तेललाई २५ रनमा गुमाएको नेपालले छैठौं ओभरको पाँचौं बलमा रोहितकुमार पौडेललाई २ रनमा गुमाएको थियो।
आठौं ओभरको खेल जारी रहँदा नेपालले २ विकेटको क्षतिमा ६० रन बनाएको छ। क्रिजमा आसिफ सेख २१ र दीपेनद्रसिंह ऐरी ६रन बनाएर खेलिरहेका छन्।
शनिबार मलेसियाविरुद्ध खेलको नेपाली टिममा एक खेलाडी परिवर्तन गरिएको छ । प्रशिक्षक पुबुदु दासानायकेले घाइते कमलसिंह ऐरीको स्थानमा सोमपाल कामी टोलीमा राखेका छन्।