म्याक्स ओ’डोडको शतकमा नेदरल्यान्ड्स विजयी

म्याक्स ओ’डोडले सानदार शतक प्रहार गरेपछि त्रिकोणात्मक टि–२० सिरिजमा नेदरल्यान्ड्स विजयी भएको छ। आइतबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा ओ’डोडले शतक प्रहार गरेपछि नेदरल्यान्ड्सले मलेसियालाई १५ रनले हरायो।

नेपाल, मलेसिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सको यो पहिलो जित हो। यसअघि प्रतियोगितको उद्घाटन खेलमा नेदरल्यान्ड्स नेपालसँग ९ विकेटले पराजित भएको थियो।

टियू मैदानमा पहिला ब्याटिङ गर्दै नेदरल्यान्ड्सले दिएको १९२ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १७६ रन मात्र बनान सक्यो। उसका लािग भिरन्दीप ंिसंहले सर्वाधिक ८७ रन बनाए । उनले ५३ बल खेल्दै समान ६ चौका र ६ छक्का प्रहार गरे।

यस्तै, सर्विन मुनियन्डीले २८ र अमिनुद्दीन राम्लीले २६ रनको योगदान दिए। नेदल्यान्ड्सका आर्यन दत्त, बास डे लिड र सेवास्टिन बरातले समान २ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले ओ’डोडको शतक मद्दतमा २ विकेट गुमाउँदै १९२ रन बनायो । नटआउट रहेका ओ’डोडले उनले ७३ बल खेल्दै १५ चौका र ६ छक्का प्रहार गर्दै १३३ रन बनाए । यो नदेरल्यान्ड्सका लागि टि–२० आईको पहिलो शतक हो।

यस्तै, स्कट इडवार्डसले २३ बलमा ३१ रन बनाए भने वेन कुपरमा २० बलमा २० रन बनाए। मलेसियाका अनवर रहमान र पवनदीप सिंहले समान १ विकेट लिए।

त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा मंगलबार नेपाल र मलेसिया भिड्ने छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.