इंग्ल्यान्डमाथि न्युजिल्यान्डको सनसनीपूर्ण जित

Read Time:1 Minute

टेस्ट क्रिकेटमै सबैभन्दा रोमाञ्चक खेलमध्ये एक रहेको प्रतिस्पर्धामा न्युजिल्यान्डले मंगलबार इंग्ल्यान्डलाई एक रनले पराजित गरेको छ । दुई टेस्ट शृंखलाको दोस्रो टेस्टको अन्तिम टिम सनसनीपूर्ण खेलमा इंग्ल्यान्ड आफ्नो दोस्रो इनिङ्समा २ सय ५६ रन बनाएर अलआउट भयो ।

टेस्ट इतिहासमा १ रनको जित निस्केकलो यो दोस्रो पटक हो। यसअघि ३० वर्षअघि यस्तो नतिजा आएको थियो। यस्तै पहिलो पारीमा फलोअनमा परेर जित निस्केको यो चौथो टेस्ट हो।

इंग्ल्यान्डले जितका लागि २ सय ५८ रनको लक्ष्य पाएको थियो । उसलाई जितका लागि दुई रन चाहिएको स्थितिमा अन्तिम ब्याटर जेन्स एन्डरसन नेल वान्गरको बलमा आउट भए ।

एन्डरसनको अर्को छेउ ज्याक लेच ३१ बलमा एक रन बनाएर नटआउट रहे । फलो अनमा परेको न्युजिल्यान्डले यस टेस्टमा ऐतिहासिक जित निकालेको हो ।

पाहुना टिमले आफ्नो पहिलो इनिङ्समा आठ विकेट गुमाएर ४ सय ३५ रनमा टुंगेको घोषणा गरेको थियो । त्यसको जवाफमा न्युजिल्यान्डले २ सय ९ रन बनाएयता दोस्रो इनिङ्समा सुदृढ प्रदर्शन गर्दै ४ सय ८३ रनको स्कोर खडा गरेको थियो।

यससँग दुई खेलको शृंखला १–१ को बराबरीमा टुंगेको छ। सिरिजभर उत्कृष्ट ब्याटिङ गरेका इंग्ल्यान्डका ह्यारी ब्रुक्स प्लेयर अफ दी सिरिज बने।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post फिफा वेस्ट अवार्ड : विश्वकप विजेता स्कोलानी र मार्टिनेज उत्कृष्ट
Next post दीपेशको घातक बलिङ, मलेसिया ७२ रनमै अलआउट
Close