न्युजिल्यान्डका प्रशिक्षकले गरे विश्वकप नियम परिवर्तनको माग

न्युजिल्यान्डका प्रशिक्षक ग्यारी स्टिडले विश्वकपको नियम परवर्तनको माग गरेका छन् । दुर्भाग्यपूर्ण तरिकाले लड्र्स फाइलनमा इंग्ल्यान्डसँग पराजित भएपछि आफू स्तब्ध भएको प्रशिक्षक स्टिडले बताएका छन् ।

आइतबार राति लन्डनस्थित लड्र्स मैदानमा भएको फाइनल निर्धारित ओभर र सुपर ओभरमा पनि स्कोर बराबर भएपछि बाउन्ड्री संख्याका आधारमा इंग्ल्यान्डलाई विजेता घोषणा गरिएको थियो । प्रशिक्षक स्टिड विश्वकपको यस्तो नियमबाट खुसी छैनन् ।

प्रशिक्षक स्टिडले भनेका छन्, ‘म अहिले निकै दुःखी छु, किनकी १ सय ओभरमा स्कोर बराबर भएपछि पनि हामी पराजित भयौं । तर, यो खेलको टेक्निकल जटिलता हो ।’ यो निमय बनाइरहँदा कसैले पनि विश्वकप फाइनल यस्तो पनि हुन्छ भनेर नसेको पनि उनले बताएका छन् ।

‘म पूर्ण विश्वस्त छु, पक्कै पनि यो नियमको समीक्षा हुनेछ र यसको धेरै विकल्प छन्, त्यस विषयमा अनुसन्धान हुनेछ ।’, स्टिडले भने । तर, स्टिडले बेन स्टोक्सको ब्याटमा लागेर भएको ओभर थ्रोमा ६ रन दिने निर्णय ठीक भएके बताएका छन् ।

पूर्वअम्पाएर समाइमन टोफेलले ओभर थ्रोम ६ दिने निर्णय गलत भएको बताएका थिए । उनले ओभर थ्रोमा ५ रन मात्र दिन सकिने तर्क गर्दै फाइनलमा अम्पायरले गल्ती गरेको बताएका थिए ।

स्टिडले भनेका छन्, ‘मलाई यसबारेमा थाहा छैन, तर अम्पायरले फैसला लिनै पर्छ । खेलाडीजस्तै अम्पायर पनि मानिस हुन्, र केहिलेकाहीँ यस्ता गल्ती हुन्छन् । यो खेलको मानवीय पक्ष हो ।’

‘खेलको अन्त्यम केही फरक भएन, कसैले फाइलन हारेन । तर, अन्त्यमा एक विजेता घोषणा गर्नुपर्ने थियो, त्यही गरियो ।’ स्टिडले एक अन्तर्वातामा भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *