न्युजिल्यान्ड टिमका कप्तान केन विलियम्सनले अर्को महिना भारतमा आयोजना हुने एकदिवसीय विश्वकप खेल्ने भएका छन्। चोट मुक्त हुने प्रयास गरिरहेका विलियम्सनलाई न्युजिल्यान्ड क्रिकेटले विश्वकपको टिममा राख्ने जनाएको छ।
विलियन्सन आईपिएलको उद्घाटन खेलका क्रममा फिल्डिङ गर्ने क्रममा घाइते भएका थिए। घुँडाको शल्यक्रिया गरेका उनी विश्वकपसम्म फिट भइसक्ने बताइएको छ। अहिले उनी रिहाबमा छन्।
टिममा राखिने भएपनि विलियम्सनले विश्वकप खेल्न सक्ने या नसक्ने एकिन भने छैन। रिकभरी राम्रो भइरहेको विश्वकपको टिममा राख्ने निर्णय गरेको बताउँदै प्रशिक्षक ग्यारी स्टिडले विलियम्सन खेल्न सकेन टिमका लागि निकै फाइदा हुने बताए।
विलियमसन आफैँले पनि आफ्नो चौथो विश्वकपका लागि टिममा पर्न पाउँदा निकै उत्साहित बताएका छन्।
विश्वकपका लागि न्युजिल्यान्डको अन्तिम टिम सेप्टेम्बर ११ मा घोषणा हुने छ।