अस्ट्रेलियामाथि न्युजिल्यान्डको सानदार जित

टी–२० सिरिजको पहिलो खेलमा न्युजिल्यान्ड विजयी भएको छ। क्राइश्चर्चमा डेभोन कोन्वेले उत्कृष्ट ब्याटिङ गरेपछि घरेलु टोली न्युजिल्यानडले अस्ट्रेलियामाथि ५३ रनको शानदार जित निकालेको हो।

पहिला ब्याटिङ गर्दै न्युजिल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १७.३ ओभरमा १३१ रनमै अलआउट भयो। उसका मिचेल मार्सले ४५ र एस्टन अगरले २३ रन बाउनु बाहेक अन्यले गतिलो योगदान दिन सकेनन् । अस्ट्रेलियालाई सस्तैमा समेट्ने क्रममा इश सोधीले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए भने टिम साउदी र ट्रेन्ट बोल्टले समान २ विकेट लिए।

यअसघि टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले कोन्वेको उत्कृष्ट ब्याटिङक मद्दतमा निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १८४ रन बनायो। उसको सुरुवात पनि राम्रो हुन सकेन् । १९ रन बनाउँदा ३ विकेट गुमाएको न्युजिल्यान्डका लागि कोन्वेले ९९ रन बनाउँदै इनिङ सम्हाले । उनले ५४ बलमा १० चौका र ३ छक्का प्रहार गरे।

यस्तै, ग्लेन फिलिप्सले २० बलमा ३० र जेम्स निशमले १५ बलमा २० रन बनाए। अस्ट्रेलियाका झेइ रिचर्डसन र ड्यानिअल साम्सले समान २ विकेट लिए।

न्युजिल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले ५ खेलको टी–२० सिरिज खेल्ने छ। दोस्रो टी–० डुनेडिनमा २५ फेब्रुअरीमा हुनेछ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.