न्युजिल्यान्डलाई इंग्ल्यान्डको राम्रो जवाफ

घरेलु टोली इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टमा राम्रो जवाफ दिएको छ। पहिलो इनिङमा न्युजिल्यानडले ३७८ रन बनाएपछि आफ्नो इनिङ थालेका इंग्ल्यान्ड दोस्रो दिन खेल समाप्त हुँदा घरेलु टोलीले २ विकेटको क्षतिमा १११ रन बनाएर खेलिरहेको छ ।

इंग्ल्यान्डका लागि रोरी बनर्स र कप्तान जो रुटले ९३ रनको अविजित गरेका छन् । बनर्स १३४ बलमा ८ चौका प्रहार गर्दै ५९ र रुट ११२ बलमा ५ चौकाको मद्दतमा ४२ रन बनाएर क्रिजमा छन् । ओपनर डम सिब्ली शून्यमा आउट भए भने ज्याक क्रावलीले २ रनमात्र बटुल्न सके ।

यसअघि डेभोन कोन्वे कीर्तिमानी इनिङ खेलेपछि न्युजिल्यान्डले ३७८ रन बनाएको थियो । कोन्वेले आफ्नो डेब्यूमै इंग्लिस भूमिमा दोहोरो शतक बनाउने पहिलो खेलाडी बने । उनी २ सय रनमा रनआउट भए । उनले ३४७ बल खेल्दै २२ चौका र १ छक्का प्रहार गरे । छक्का प्रहार गर्दै उनले दोहोरो शतक पूरा गरेका थिए ।

यस्तै, हेनरी निकोलस ६१ रनमा आउट भए । अन्तिम ब्याट्सम्यान नील वाग्नर २१ बलमा २५ रन बनाई अविजित रहे । डेब्यु गरिरहेका ओले रोबिन्सनले ४ र मार्क उडले ३ विकेट लिए ।

Facebook Comments Box