अन्तर्राष्ट्रिय क्रिकेटक्रिकेट

विलियम्सनको कप्तानीमा विश्वकपका लागि न्युजिल्यान्डको टिम घोषणा

चोटमुक्त हुने प्रयास गरिरहेका मिडलअर्डर ब्याट्सम्यान केन विलियम्सनको कप्तानीमा न्युजिल्यान्डले विश्वकपको लागि १५ सदस्यीय टिम घोषणा गरेको छ।

भारतमा अर्को महिना हुने विश्वकपका लागि घोषणा गरिएको टिममा विलियम्सनसँगै टिम साउदी, टम लाथम, ट्रेन्ट बोल्ड, जिमी निसम, मिचेल सान्टनरजस्ता अनुभवी खेलाडी छन्। तीमध्ये विलियम्सन र साउदीको यो चौथो एकदिवसीय विश्वकप हो।

विलियम्सनलाई टिममा राखिएपनि उनले विश्वकप खेल्ने–नखेल्ने टुंगो भने लागिसकेको छैन। गत आइपिएलको उद्घाटन खेलमा फिल्डिङका क्रममा घाइते भएका उनी विश्वकपमा फिट हुने अपेक्षा चयनकर्ताको छ।

‍न्युजिल्यान्डले अक्टोबर ५ मा उद्घाटन खेलमा इंङल्यान्डसँग खेल्नेछ। अघिल्लो विश्वकपमा नाटकीय फाइनलमा न्युजिल्यान्डलाई हराउँदै इंग्ल्यान्डले उपाधि जितेको थियो।

न्युजिल्यान्ड टिम : केन विलियम्सन ९कप्तान०, ट्रेन्ट बोल्ट, मार्क च्यापम्यान, डेभन कोनवे, लोकी फर्ग्युसन, म्याट हेनरी, टम लाथम, डेरिल मिचेल, जिमी नीशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिच सान्टनर, इश सोधी, टिम साउथी, विल योङ।