न्युजिल्यान्ड क्रिकेट टिमले अर्को साताबाट प्रशिक्षण थाल्ने

कोरोना भाइरसका कारण क्रिकेट बन्द भएपछि घरमै रहेको न्युजिल्यान्ड क्रिकेट टिमले आगामी साताबाट प्रशिषण थाल्ने भएको छ । कोरोना केही कम भएपछि क्रिकेट न्युजिल्यान्डले सुरक्षति रुपमा प्रशिक्षण थाल्न लागेको हो ।

न्युजिल्यान्ड क्रिकेट बोर्डका अनुसार खेलाडीको प्रशिक्षण लिङ्क्लोनमा अर्को साताबाट सुरु हुने छ । बोर्डले आगामी साताबाट महिला तथा पुरुष दुवै टिमको प्रशिक्षण सुरु हुने जनाएको छ ।

बोर्डले एक विज्ञप्ति निकाल्दै भनेको छ, ‘न्युजिल्यान्डको राष्ट्रिय टिमका पुरुष र महिला क्रिकेटरले लिङ्क्लोनमा उच्च प्रदर्शन केन्द्रमा यसै हप्ताबाट अभ्यास सुरु गर्ने छन् ।’

दक्षिण तटीय र विलिङ्ग्टनमा रहेका क्रिकेटरले क्यान्टर्बरी हबमा अभ्यास गर्ने बोर्डले जनाएको छ । यस्तै दोस्रो चरणमा उत्तरी क्षेत्रमा रहेका खेलाडीहरु बे ओभलमा जुलाई १९ देखी सुरु गर्ने बोर्डले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.