दीपक चहर चम्किएपछि भारतले जित्यो श्रीलंकाविरुद्धको एकदिवसीय सिरिज

सिमर दीपक चहरले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपछि भारतले श्रीलंकाविरुद्धको एकदिवसीय सिजिरको दोस्रो खेल जितेको छ। कोलम्बोमा मंगलबार भएको खेलमा आठौं नम्बरमा ब्याटिङका लागि आएका चहरले ७९ रन उत्कृष्ट इनिङ खेलेपछि भारतले ३ विकेटले विजयी भयो।

यो जितसँगै तीन खेलको एकदिवसीय सिरिज भारतले २–०ले जितेको छ। पहिलो खेल भारतले ७ विकेटले विजयी भएको थियो।

पहिला ब्याटिङ गर्दै श्रीलंकाले दिएको २७६ रनको लक्ष्य भारतले ५ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो । भारतलाई जित दिलाउने क्रममा चहरले सर्वाधिक ७९ रन बनाए भने सूर्यकुमार यादवले ५३ रन बनाए । चहरले ८२ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे भने यादवले ४४ बलमा ६ चौका प्रहार गरे।

भारतको जितमा आठौं विकेटका लागि भुवनेश्वर कुमार र चहरको साझेदारी महत्वपूर्ण रह्यो । यी दुईले नटआउट ८४ बलमा ८४ रनको साझेदारी गरेका थिए । भुवनेश्वर कुमारले १९ रन बनाए । यस्तै, सूर्यकुमार यादवले मनिष पाण्डेसँग ५० क्रुर्णाल पाण्ड्यासँग ४४ रनको महत्वपूर्ण साझेदारी गरे । मनिषले ३७ र क्रुर्णालले ३५ रन बनाए । श्रीलंकाका वानिन्दु हसरंगाले ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २७५ रन बनायो। उसका चारिथ आसलंका सर्वाधिक ६५ रन बनाए भने अविस्का फेर्नान्डोले ५०, चामिका करुनारत्नेले अविजित रहदै ४४ रन बनाए । भारतका भारतका भुवनेश्वर कुमार र युजभेन्द्र चाहलले ३–३ विकेट लिए भने दिपक चाहरले २ विकेट लिए ।

Facebook Comments Box