हैदरावादलाई हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लियो

दिल्ली क्यापिटल्स आईपिएलको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा सनराइजर्स हैदरावादमाथि ८ विकेटको जित निकाल्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो।

जितपछि दिल्लीको ९ खेलमा १४ अंक भएको छ । एक खेल कम खेलेको चेन्नई सुपर किंग्स १२ अंकका साथ दोस्रो स्थानमा छ भने १० अंक जोडेको रोयल च्यालेन्जर्स बैंग्लोर तेस्रो स्थानमा छ।

पहिला ब्याटिङ गर्दै हैदरावादले दिएको १३५ रनको सामान्य लक्ष्य दिल्लीले १७.५ ओभरमा २ विकेट गुमाउँदै भेट्टयो। उसका लागि श्रेयस ऐयरले सर्वाधिक ४७ रन बनाउँदा शिखर धवनले ४२ र कप्तान ऋषव पन्तमा ३५ रन बनाए । हैदरावादका भुवनेश्वर कुमार र रसिद खानले समान १ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको हैदरावादले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १३४ रन मात्र बनाउन सक्यो । उसका लागि अब्देल संसदले सर्वाधिक २८ रन बनाउँदा रसिद खानले २२ रनको योगदान दिए। दिल्लीका कागिसो रबाडाले ३ तथा एनरिच नोर्किया र अक्षर पटेलले समान २ विकेट लिए।

Facebook Comments Box