८ वर्षअघिको ट्विट भाइरल भएपछि इंग्लिस बलर निलम्बनमा

८ वर्षअघिको विवादस्पद ट्विट भाइरल भएपछि इंग्ल्यान्डका तीव्र गतिका बलर ओली रोबिन्सन राष्ट्रिय टिमबाट निलम्बनमा परेका छन्। इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले सोमबार अनुसन्धानका लागि भन्दै राष्ट्रिय टिमबाट निलम्बन गरेको हो।

रोबिन्सनले आइतबार सकिएको न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टमार्फत नै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए । उनले सो खेलमा ७ विकेट र ४२ रन बनाएका थिए।

सन् २०१२ र २०१३ मा गरेको अश्लिल र जातीवादी चार ट्विट रोबिन्सनले इंग्लिस टिममा डेब्यू गरेलगत्तै भइरल भएको थियो।

२७ वर्षीय रोबिन्सन खेलपछि आफ्नो ट्‌िवटका कारण आफू लज्जित भएको भन्दै माफी पनि मागेका थिए ।

Facebook Comments Box